site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नो संस्थाको पत्रकारको मृत्युपछि एभिन्युजका सञ्चालक भास्करराजले के भने ?

काठमाडौं । एभिन्युज टेलिभिजनका सञ्चालक भास्करराज राजकर्णिकारले प्रहरी प्रशासनको लापरवाहीका कारण आफ्नो संस्थामा कार्यरत पत्रकारको मृत्यु भएको आरोप लगाएका छन् । सो घटनामा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको थियो । 

शुक्रबार प्रदर्शनका क्रममा आगलागी भएको घरमा आफ्नो पत्रकार फसेको भनेर आफूले सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई चारपटक फोन गरेर जानकारी गराएको दाबी गरेका छन् । आफूले पटकपटक जानकारी गराउँदा पनि आईजीपी अर्यालले ‘हामी गएर हेर्यौ कोही छैन’ भनेर जवाफ दिएको उनले बताए । ‘तपाईंलाई गलत ब्रिफ भएको छ’ भनेर पुनः सम्झाउँदा पनि आईजीपी अर्यालले मतलब नगरेको उनको आरोप छ । 

आफूले नेपाल प्रहरीका आईजीपी दीपक थापालाई पनि फोन गरेको तर उनले फोन नउठाएको राजकर्णिकारले बताएका छन् । पछि थापाले 'कलब्याक' गरेर पत्रकार बितिसकेको जानकारी गराएको भास्करले बताए । 

काठमाडौका सीडीओलाई पनि आफूले २५ पटक जति फोन गर्दा उनले काटेकोकाट्यै गरेको भास्करको आरोप छ । त्यतिले नपुगेर उनलाई ‘टेक्स्ट म्यासेज’ गरेर 'म भास्करराज राजकर्णिकार अर्जेन्ट छ, फोन उठाउनु'भन्दा कुनै प्रतिक्रिया नआएको उनले बताएका छन् । 

संवेदनशील अवस्थामा सुरक्षा निकाय जवाफदेही नभएको राजकर्णिकारको आरोप छ ।   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ००:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro