site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्वाइज युनियन र झापाले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन र झापा फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा ब्वाइज युनियन र झापाले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन् ।

खेलको पहिलो हाफमा नै दुवै टोलीले गोल गरेका थिए । ४४औँ मिनेटमा झापाका निकेश श्रेष्ठले टोलीलाई अग्रता दिलाए । तर, झापाको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा ब्वाइज युनियनले सन्जिव लामाको गोलमा पुनरागमन गरेको थियो ।

दुवै टोलीले पहिलो हाफमा भएको उक्त बराबरी बढाउन नसकेपछि खेल १–१ को बराबरीमा टुंगियो

बराबरीसँगै दुवै टोलीले समान एक अंक बटुलेको छ । ब्वाइज युनियनको यो तेस्रो बराबरी हो । यसअघि श्री टुसाल युथ क्लब र नयाँ बस्ती युथ क्लबसँग बराबरी खेलेको ब्वाइज युनियनले तीन खेलबाट तीन अंक बनाएको छ ।

यता, यसअघि झापा भने मध्यपुर युथ एसोसियसन र प्लानिङ ब्वाइजसँग पराजित भएको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro