
काठमाडौं । इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टचेलले फिफासँग जुनमा हुने अन्तर्राष्ट्रिय खेलको तालिका परिवर्तन हुनुपर्ने माग गरेका छन् ।
मंगलबार मुख्य प्रशिक्षक टचेलले आफ्ना खेलाडीले पर्याप्त आराम नपाउने जनाउँदै तालिका परिवर्तन गर्नुपर्ने माग राखेका हुन् ।
“जुन महिनाको तालिका सबैका लागि उपयुक्त छैन । अझ विशेषगरी खेलाडी अनुकूल छैन । खेलाडीहरूको सुविधाका लागि तालिका परिमार्जन गरी उपयुक्त समयमा फिफाले मात्र राख्न सक्छ,” उनले ब्रिटिस सञ्चारमाध्यमसँगको कुराकानीमा भने ।
फिफा खेल तालिकाअनुसार इंग्ल्यान्डले समूह ‘के’मा आगामी जुनमा एक खेल खेल्नेछ । आगामी जुन ७ मा एन्डोरासँग इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि सेप्टेम्बर ६ मा एन्डोरा, सेप्टेम्बर ८ मा सर्बिया, अक्टोबर १४ मा लाट्भिया, नोभेम्बर १३ मा सर्बिया र नोभेम्बर १६ मा अल्बानियासँग फिफा विश्वकप छनोटअन्तर्गत खेल्ने तालिका छ ।