site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री लेखक भन्छन्– गणतन्त्रबाट नेपाली समाज पछि फर्कन सक्दैन 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन् । 

बुधबार भक्तपुरमा जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको भन्दै लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताए । 

उनले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताए । मन्त्री लेखकले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए । 

उनले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे । मन्त्री लेखकले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro