site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको कार्यक्रमलाई कमल थापाको नैतिक समर्थन

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले चैत १५ गते गर्न लागेको कार्यक्रमलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले नैतिक समर्थन गर्ने भएको छ ।
 
थापाले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । उनले ०८१ फागुन १९ गतेको राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठकका निर्णय पनि स्मरण गराएका छन् ।

जसमा समान विचारधारा भएका दल वा समूहसँग एकता र सहकार्यको निम्ति राप्रपा नेपालले निरन्तर प्रयत्न गरिरहने, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना तथा संघीयताको खारेजीको निम्ति कुनै पनि दल वा समूहबाट गरिने संघर्षका कार्यक्रममा राप्रपा नेपालको नैतिक समर्थन रहने उल्लेख छ । 

त्यस्तै, कुनै एक पार्टी वा समूहको झण्डा वा ब्यानर प्रयोग गरेर गरिने कार्यक्रममा राप्रपा नेपाल सहभागी नहुने, राष्ट्रिय झण्डा र साझा ब्यानरमा आयोजना हुने संघर्षका कार्यक्रममा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बताइएको छ । 

पूर्वराजाको आह्वानमा वा उनी स्वयं सहभागी हुने सबै प्रकारका कार्यक्रम सफल पार्न राप्रपा नेपाल मन वचन र कर्मले प्रतिबद्ध रहने निर्णय कार्यसम्पादन समितिको बैठकले गरेको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro