site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उज्यालो नेपालका तीन महारथी थिए, बिचौलियाले जिते : मोदी
लेखा समिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले नेपालमा ‘हिजोदेखि अँध्यारो’ भएको टिप्पणी गरेका छन् । मंगलबार (चैत १२) बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले काम गर्ने मान्छेलाई सरकारले बर्खास्त गरेको भन्दै निन्दा गरे ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकामा उनले आपत्ति जनाएका हुन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा र घिसिङलाई उज्यालो नेपालको महारथीका रूपमा चित्रण गरे ।

“उज्यालो नेपालको तीनजना महारथी थिए,  प्रचण्ड, जनार्दन र कुलमान,” उनले भने, “यो नेपालमा हिजोदेखि अँध्यारो भयो । काम गर्न सक्ने मान्छेलाई आज सरकारले बर्खास्त गरेको छ । घोर निन्दा गर्छु ।”

डेडिकेटेड र टंकलाइनको बक्यौताका विषयमा ठोस निर्णय नगरिनु र घिसिङलाई पदबाट हटाइनुलाई उनले बिचौलियाले जितेका रूपमा व्याख्या गरे । “डेडिकेटेडको रकम उठाउनुपर्छ भनेर हामीले भन्यौँ । लेखा समितिमा बहस हुँदा निर्णय गर्न सकेनौँ,” उनले भने, “अन्तत बिचौलियाले जिते ।”

घिसिङलाई बर्खास्त गर्ने निर्णयले दक्षिणपन्थीलाई टेवा पुर्‍याएको उनले टिप्पणी गरे । “डेडिकेटेडको विषय अब के हुन्छ ? आज लेखेर पठाऊँ,” उनले भने ।

उनले लेखा समितिले सरकारको छायाका रूपमा काम गरिरहेको आरोप पनि लगाए । समिति सभापति ऋषिकेश पोखरेलले राजीनामा दिनुपर्ने उनले माग गरे ।

“लेखा समिति सरकारको छायाको काम गरिरहेको छ । हामीले यसको  नेतृत्व प्रतिपक्षले पाउँछ भन्यौँ,” उनले भने, “आज पनि भन्छौँ– सभापतिले राजीनामा गरे राम्रो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro