site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनाविरुद्ध ६ वर्षयता जितविहीन ब्राजिल
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा बुधबार (चैत १३) बिहान विश्व फुटबलका दुई महारथी अर्जेन्टिना र ब्राजिल प्रतिस्पर्धामा उत्रिँदै छन् । खेल अर्जेन्टिनाको मैदानमा हुनेछ ।

यो खेलमा घरेलु टिमले बराबरी मात्र गरे पनि विश्वकप यात्रा तय गर्नेछ । ब्राजिल पनि जितसहित विश्वकप सम्भावना बलियो बनाउने लक्ष्यसाथ मैदानमा उत्रिनेछ ।

अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले पछिल्लो ६ वर्षयता अर्जेन्टिनाविरुद्ध जित निकाल्न सकेको छैन । ब्राजिलले पछिल्लोपल्ट सन् २०१९ मा सम्पन्न कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई हराएको थियो । उक्त खेलमा २–० को जित निकाल्दै ब्राजिलले उपाधि उचालेको थियो ।

त्यसयता यी दुई टिमबीच कुल चार खेल भएका छन् । तीमध्ये अर्जेन्टिना तीन खेलमा विजयी भएको थियो । एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यी दुई टिमबीच सन् १९१४ मा पहिलोपटक प्रतिस्पर्धा भएको थियो । त्यो खेल अर्जेन्टिनाले ३–० ले जितेको थियो । त्यसयता यी दुई टिमबीचको चिरप्रतिद्वन्द्विता आधुनिक फुटबलमा सधैँ चर्चाको विषय बन्दै आएको छ ।

यी दुई टिमबीच हालसम्म ११४ खेल भएका छन् । तीमध्ये ब्राजिलले ४६ खेल जितेको छ । अर्जेन्टिनाले ४२ खेल आफ्नो पक्षमा पारेको छ । २६ खेल बराबरीमा सकिएको इतिहास छ ।

‘सुपर क्लासिको’का रूपमा विश्वचर्चित यी दुई टिमबीचको खेल नेपाली समयानुसार बुधबार बिहान ५:४५ बजे सुरु हुनेछ । यो खेलमा चोटका कारण अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेसी र ब्राजिलका फरवार्ड नेइमार उपस्थित हुने छैनन् ।

दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा आसीन अर्जेन्टिनाले १३ खेल खेल्दा २८ अंक जोडेको छ । समान खेलबाट २१ अंकको ब्राजिल तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro