site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जितको लय कायम राख्ने लक्ष्यमा नेपाल
सिंगापुरविरुद्ध प्रतिस्पर्धाका क्रममा नेपाली टिम । फाइल तस्बिर : एन्फा ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरको तेस्रो चरणमा आज (चैत १२) नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाविरुद्ध खेल्दै छ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पछिल्लो दुई खेलमा अपराजित छ । नेपालले यसअघि अफगानिस्तान र सिंगापुरविरुद्ध समान १–० को जित निकालेको थियो । नेपाली टिम आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन । 

तर, खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रोसले आफूहरूले तीन अंकका निम्ति प्रतिस्पर्धा गर्ने बताए । “हामी तीन अंकको लागि नै खेल्नेछौँ,” सोमबार सञ्चारकर्मीसँग उनले भने, “केही गरी एक अंक मात्र पाए म त्यसमा पनि खुसी हुनेछु । यदि, हामीले बराबरी सोचेर खेल्यौँ भने हामीले शून्य अंक हात पार्छौं ।”

उनले अगाडि भने, “म सधैँ आफूलाई जित्न सक्ने विश्वास लागेको टिम छान्छु । म नेपालमा यो जिम्मेवारीमा आउनुको कारण नै सकारात्मक र आक्रमक खेलका लागि हो, जुन मैले वाचा गरिसकेको छु ।”

मलेसियाको सुल्तान इब्राहिम रंगशालामा यो खेल नेपाली समयानुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro