site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सोह्रौँ योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरू बजेटमा ल्याउन नहुने बताए । उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने उल्लेख गरे । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरू ल्याउनुपर्ने उनको भनाइ छ । उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरू बन्द गर्नुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भूमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने बताए । परम्परागत रूपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नुपर्ने औंल्याए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro