site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'दलित बस्तीमा आगो लगाउने धम्की' दिएको भन्ने आरोपको उपेन्द्रले गरे खण्डन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूमाथि खगेन्द्र सुनारको नामबाट लगाइएको आरोपको खण्डन गरेका छन् । 

सुनारले सामाजिक सञ्जाल फेसबुकमा आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले ‘सिरहाका गापा अध्यक्ष शिवजी यादवलाई रिहा नगरे दलित बस्तीमा आगो लगाउने धम्की दिएको’ लेखेका थिए । सुनारले सोमबार पुनः उपेन्द्र यादवको सचिवालयबाट आफूहरूलाई धम्की आएको बताएका थिए । 

यादवका निजी सचिव महेश चौरसियाले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत सुनारले लगाएको आरोपको खण्डन गरेका हुन् । सुनारको आरोप अत्यन्तै गलत, भ्रामक, निराधार, घृणित, अमर्यादित, संस्कारहीन र आपराधिक प्रवृत्तिको रहेको यादवको दाबी छ । 

“क्षणिक लाभको लागि सामाजिक सद्भाव र सहिष्णुता भाँड्ने, व्यक्ति र संगठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भई नियोजित ढंगले प्रचार गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “उक्त प्रायोजित र मिथ्या आरोपमा कुनै सत्यता नरहेकोले यस्ता आरोपको हामी खण्डन गर्दछौँ ।” 

सस्तो र क्षणिक लोकप्रियताका लागि मनगढन्ते आरोप लगाइएको भन्दै यादवले सत्य, तथ्यका आधारमा प्रमाणसहित प्रमाणित गर्न सम्बन्धित पक्षलाई चुनौती दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro