site stats
बाह्रखरी :: Baahrakhari
देश
विश्वविद्यालयमा तालाबन्दी सबैभन्दा पेचिलो : मन्त्री भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयका रूपमा स्थापित गर्ने गरी कानुन बनाउन सुझाव दिएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सोमबार (चैत ११) उनले यस्तो सुझाव दिएकी हुन् ।

उनले विश्वविद्यालयमा देखिएको क्यालेन्डर, जनशक्ति व्यवस्थापन र जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् । पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको उनले उल्लेख गरिन् ।

Argakhachi Cement Island Ad

“अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरामा हामी कसरी जाने भन्ने विषयमा हामी जानैपर्छ,” उनले भनिन्, “यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु ।”

मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीको अधिकारका विषयमा समेत स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्