site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पालिकाले क्षयरोगका बिरामी खोज्नुपर्छ : स्वास्थ्यमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार (चैत ११) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले यसको न्यूनीकरणका निम्ति आफ्ना हालसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको उनले उल्लेख गरे । उनले यसको निदानका निम्ति मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको औँल्याए ।

“अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनुपर्छ,” उनले भने, “खुला सिमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्छ ।”

शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । “शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ । यहीँ टीभी क्षेत्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल हामीले सञ्चलनमा ल्याउनुपर्नेछ,” उनले भने, “आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट विनियोजन गरेर यसलाई सञ्चालनमा ल्याउनेछौँ ।”

मन्त्री पौडेलले क्षयरोगका बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने बताए । पालिकाले क्षयरोगका बिरामी खोज्नुपर्नेमा उनले जोड दिए । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो ।

“टीभी फ्री पालिका घोषणा गर्ने गरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । त्यसमाथि नेपालमा ७५३ पालिका छन्,” उनले भने, “१४९ भनेको पाँच भागको एक भाग मात्रै हो । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro