site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सडन डेथ’मा भाग्यमानी बन्दै स्पेन सेमिफाइनलमा, नेदरल्यान्ड्स बाहिरियो

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध दोस्रो लेग ३–३ को बराबरीमा सकिएपछि ‘सडन डेथ’मा जित निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति घरेलु मैदानमा स्पेनलाई जित दिलाउन ‘सडन डेथ’मा मिकेल मारिनो, फेरान टोरेस, एलेक्स गार्सिया, एलेक्स बाइना र पेड्रीले गोल गरे । स्पेनका युवा फरवार्ड लामिन यमलले भने प्रहारलाई जाली चुमाउन सकेनन् ।

डच टिमका भर्जिल भान डाइक, टेउन कुम्पमेनर्स, जाभी सिमोन्स र केनेथ टेलरले गोल गरे । पाहुना टिमका नाओ लाङ र डोन्यल मालेन पेनाल्टीमा चुकेका थिए । 

त्यसअघि, १२० मिनेटसम्म पुगेको खेलमा स्पेनबाट मिकेल आयार्जाबालले दुई र लामिन यमलले एक गोल गरेका थिए । नेदरल्यान्ड्सबाट मेम्फिस डिपे, लान माटसेन र जाभी सिमोन्सले गोल गरेका थिए ।

यी दुई टिमबीचको पहिलो लेग पनि २–२ को बराबरीमा सकिएको थियो ।

स्पेनले अब अन्तिम–४ मा फ्रान्ससँग खेल्नेछ । फ्रान्सले आइतबारै भएको अर्को खेलमा क्रोएसियाविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro