
काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजामा जारी सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
गाजामा कुल ५० हजार २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ, जुन युद्धअघि गाजाको २३ लाख जनसंख्याको २.१ प्रतिशत हो, अर्थात् प्रत्येक ४६ जनामा १ जना हुन् ।
मन्त्रालयका अनुसार, युद्धमा हालसम्म एक लाख १३ हजार २७४ जना घाइते भएका छन् ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका तथ्यांकहरू विश्वसनीय मानिन्छन् । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि प्रयोग गर्छन् । तर इजरायलले गाजा प्रशासनले जारी गरेको तथ्यांकलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले नोभेम्बरमा भनेको छ कि गत ६ महिनामा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका थिए ।