site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुंगामा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु, नौ घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागाढुंगामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु र नौजना घाइते भएका छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा नौजना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro