
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक रसियन चलचित्र देखाइएको छ । रोस्किनोले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको क्रममा रुसी चलचित्रहरूको प्रदर्शन आयोजना गरेको हो ।
शनिबार काठमाडौंको छाया सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्र प्रदर्शनी गरिएको छ ।
प्रदर्शन भएका चलचित्रमा चार चौथाइ, न्युरेम्बर्ग र हामी तीनवटा चलचित्रहरू प्रदर्शन गरिएको छ ।
निफका अध्यक्ष केपी पाठकले, निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाएको बताए । उनले विभिन्न देशसँग चलचित्रमा सहकार्य गर्ने प्रयास गरिरहेको उनले बताए ।
उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए ।
रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले नेपाली दर्शकले रसिया र रसियन चलचित्रबारेमा देखाको उत्साह सराहनीय भएको बताए ।