site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेन्सरविरुद्ध आन्दोलन घोषणा गरेका निर्देशकहरू के गर्दै छन् ?

काठमाडौं । चलचित्र ‘राजागंज’को सेन्सरका विषयमा आन्दोलित चलचित्रकर्मी के गर्दै छन् ? प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको फुटेज चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)ले काटिदिएपछि चलचित्रकर्मी आक्रोशित भएका थिए । पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका थिए ।

यही चैत १ गते पत्रकार सम्मेलन गर्दै चलचित्र निर्देशकहरूले सेन्सरमा कठोर हुने सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए । सेन्सरले निरन्तर रहेक चलचित्रलाई दुःख दिन थालेको भन्दै आन्दोलन निष्कर्षमा नपुगेसम्म नछोड्ने बताएका थिए ।

अशोक शर्मा, दीपकाराज गिरी, नवीन सुब्बा, मनोज पण्डित, विनोद पौडेल, दीपक रौनियार, दयाहाङ राईलगायत कलाकारले पत्रकार सम्मेलन गरेर सरकारलाई सेन्सरमा कठोर हुनुको कारण प्रस्तुत गर्न तयार भएर बस्न चेतावनी दिएका थिए ।

सरकारलाई संवादका निम्ति तयार भएर बस्न आग्रह गरेका निर्देशकहरू अहिले के गरिरहेका छन्, आन्दोलन किन अझै सुरु भएन ?

सरकारसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको निर्देशकहरूले बताएका छन् । आन्दोलनको संयोजन गर्ने जिम्मेवारी पाएका मनोज पण्डितका अनुसार, आन्तरिक रूपमा तयारी भइरहेको छ ।

“अहिले हामी न्यूनतम के कुरामा सेन्सर नगर्ने, के कुरा खुला छोड्ने, केमा मात्रै सेन्सर नगर्ने भन्नेमा ड्राफ्ट बनाएर अध्ययन गरिरहेको छौँ,” मनोज भन्छन्, “ड्राफ्ट बनाइसकेपछि हामी कसरी आन्दोलन गर्ने भन्ने छलफल गरेर निष्कर्षमा पुग्छौँ ।”

आउँदो वैशाखदेखि आन्दोलन सुरु हुने उनले जानकारी दिए । सुरुमा संवाद तथा छलफल गर्ने तर त्यसबाट सरकारले माग नसुने चरणबद्ध आन्दोलन घोषणा गर्ने उनको भनाइ छ ।

“माग पूरा नभएससम्म आन्दोलन जारी रहन्छ । ०८२ लाई हामी चलचित्रकर्मीको आन्दोलनको वर्षका रूपमा अगाडि बढाउँनेछौँ,” उनले भने ।

चलचित्रमार्फत आफूविरुद्ध आवाज उठाउन थालेपछि सरकारले सेन्सरमा कडाइ गर्दै गएको उनले बताए । भ्रष्टाचार लुकाउन सरकारले जनतामा पुग्ने सशक्त माध्यम चलचित्रलाई सेन्सरका नाममा रोक्न खोजेको उनको भनाइ छ ।

निर्देशक नवीन सुब्बाले यस्तै अवस्था रहे हरेक नेपाली चलचित्रमा सेन्सरको विरोधस्वरूप दुई/तीन मिनेट कालो पोतेर देखाउने चेतावनी दिएका छन् । नेपाली चलचित्रकर्मीले यसो गरे विश्वसमुदायमा नेपाल सरकारको बेइज्जत हुने उनको भनाइ छ ।

निर्देशक विनोद पौडेलले आफूले अमेरिकामा चलचित्र ‘भूठान’ बनाउँदा दर्ता समेत गर्नु नपरेको बताए । नेपालमा विकास बोर्डले चलचित्र दर्ता गरिसकेपछि त्यसलाई नै आधिकारिक मानेर सेन्सरको झन्झट राख्न नहुनेमा उनले जोड दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro