site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याराथनमा अनिश र हाफ म्याराथनमा सन्तोषी च्याम्पियन

काठमाडौं । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२५ मा अनिश थापामगर च्याम्पियन भएका छन् । महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् ।

शनिबार (चैत ९) आयोजित म्याराथनमा पुरुष खेलाडीको मात्र सहभागिता थियो । त्यसमा अनिशले दुई घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गरे ।

शीर्ष तीन स्थानका निम्ति कडा प्रतिस्पर्धा भएको दौडमा सुशीलकुमार शाही दोस्रो भए । उनले दुई घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गरे । तेस्रो भएका केन्याली धावक स्टेफन कोसीले दुई घण्टा २० मिनेट ४८ सेकेन्डमा दौड टुंग्याएका थिए ।

पिस म्याराथन च्याम्पियन बनेर अनिशले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सुशीलले दुई लाख ५० हजार र स्टेफनले एक लाख ५० हजार रुपैयाँ हात पारे ।

महिला हाफ म्याराथनमा सन्तोषी एक घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन भइन् । उनले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २१ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । उनले एक लाख रुपैयाँ पाइन् । चिनियाँ धाविका चेन वेइ तेस्रो भइन् । उनले ८० हजार रुपैयाँ जितिन् ।

पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भूपेन्द्र सुनार शीर्ष तीन स्थानमा रहे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro