site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वविशिष्टहरूलाई सुविधा दिन हुँदैन : स्वास्थ्यमन्त्री

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरूलाई सुविधा दिन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले शनिबार (चैत ९) नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ‘पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन’ भने । 

उनले राज्यले उनीहरू (पूर्वविशिष्ट)लाई मानसम्मान गर्नु ठिक भएको बताए । तर, सुविधा दिन नहुनेमा उनले जोड दिए ।

उनले नेपालगन्ज मेडिकल कलेजका समस्या प्रशासन आफैँले खोज्नुपर्ने बताए । “मेडिकल कलेज नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीति–नियमलाई मान्नुपर्छ,” उनले भने ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिइने तलब श्रम ऐनले तोकेबमोजिम नभए तिनको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका निम्ति काम हुन लागेको जानकारी गराए । राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी काम गरिने उनले बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका निम्ति सरकारले धेरै लगानी गरेको उनले उल्लेख गरे । ती सबै आधारभूत अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुने उनले बताए ।

उनले बिरामीका निम्ति स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाए । ६६ लाख घरपरिवारलाई बिमा योजनामा जोडिने उनले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro