site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योगदानकर्ताका छोराछोरी वैशाख १ गतेदेखि स्वास्थ्य उपचारमा जोडिने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ता (श्रमिक)हरूका १८ वर्ष ननाघेका छोराछोरीलाई समेत कोषले सञ्चालन गरेका औषधि उपचार सुविधा उपलब्ध हुने भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि पाँचौँ संशोधन भएसँगै अब योगदानकर्ताका छोराछोरीले एक लाखभित्र तोकिएको स्वास्थ्य उपचार सुविधा पाउने भएका हुन् ।

यो योजना आगामी वैशाख १ गतेदेखि लागु हुने सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारी बताउँछन् । “कोषले यसअघि स्वयम् योगदानकर्ता र उसकी पत्नीलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना र घातक रोगको औषधि उपचार सुरक्षा योजना लागु गर्दै आएको थियो,” अधिकारीले बाह्रखरीसित भने, “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कार्यविधि पाँचौँपटक संशोधन भएर आएसँगै अब योगदानकर्ता र उनीहरूको पत्नीलाई कोषले दिँदै आएका स्वास्थ्य सुविधामा १८ वर्ष ननाघेका छोराछोरीलाई पनि आवद्ध गराइएको हो ।”

औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजनासम्बन्धी सेवा प्राप्त गर्न पछिल्ला ६ महिनाको योगदानमा कम्तीमा तीन महिना नियमित योगदान गरेको हुनुपर्नेछ ।

यसरी योगदान गरिरहेकाहरूलाई कोषले वार्षिक एक लाख रुपैयाँको औषधि उपचार सुविधा दिँदै आएको छ । जसमा २० प्रतिशत योगदानकर्ता स्वयम् र ८० प्रतिशत सामाजिक सुरक्षा कोषले ब्यहोर्नेछ । औषधि उपचार सेवा नियमित तीन महिना योगदान गरेपछि लागु हुनेछ । यस्तो सुविधा एक लाख रुपैयाँको हुनेछ । अस्पतालमा भर्ना भइ उपचार गराउनुपर्ने योगदानकर्ता, योगदानकर्ताको पति वा पत्नी र योगदानकर्ताको १८ वर्ष उमेर ननाघेका सन्ततीको हकमा वार्षिक रूपमा प्रदान गरिने अधिकतम एक लाख रुपैयाँमा नबढ्ने गरी भुक्तानी गरिने कार्यविधिमा उल्लेख छ ।

यसरी भुक्तानी गरिने रकममा योगदानकर्ताले सोही आर्थिक वर्षमा उसकी पत्नीलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना र घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गतका सेवा लिएको भए उक्त सुविधाबापत उपयोग गरेको रकम कट्टा गरी बाँकी हुन आउने रकममात्र भुक्तानी गरिने कार्यविधिमा उल्लेख छ ।

त्यसैगरी योगदानकर्ताले घातक रोगको औषधि उपचार सुरक्षा योजना प्राप्त गर्न २८ महिनामा २४ महिना नियमित योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । २४ महिनापछि योगदान गर्न छोडेको खण्डमा घातक रोग सुविधा त्यसपछि २४ महिना नै प्राप्त हुने कार्यविधिममा उल्लेख छ । घातक रोगसम्बन्धी सुविधा योगदानकर्ताले मात्र प्राप्त गर्नेछ । यो योजनामा सन्तती र पति वा पत्नी जोडिएको छैन ।

योगदानकर्तालाई घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत उपलब्ध गराइने रकमको हकमा उसको सेवा अवधिभर एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँसम्म भुक्तानी गरिने कार्यविधिमा उल्लेख छ ।  कोषले कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, हेमोफेलिया वा थालासेमिया रोगलाई घातक रोगको रूपमा परिभाषित गरेको छ ।

कोषले सञ्चालन गरेको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तभरण (पेन्सन) पाइरहेको योगदानर्काको हकमा पेन्सनको सुविधा प्रारम्भ गरेको मितिले सात वर्षसम्म यो सुविधा प्राप्त गर्न सक्नेछन् । पेन्सन पाउनका लागि योगदानकर्ताले लगातार १५ वर्ष योगदान गरेको र ६० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । तर, यसरी पेन्सन पाउनयोग्य योगदानकर्ताले उसले चाहेमा पेन्सन रकमको एक प्रतिशत मासिक योगदान गरी आजीवन रूपमा औषधि उपचार सुविधा लिन सक्नेछ ।

कोषमा ६० महिना (पाँच वर्ष) नियमित योगदान गरेका योगदानकर्ताले उसकी पत्नीलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, योगदानकर्ता वा उनकी पत्नीको मातृत्व सुरक्षा योजनामा एक लाखभन्दा बढी १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत रकम कोषबाट अस्पताललाई भुक्तानी हुने व्यवस्था गरिएको छ । त्यस्तै, घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत कोषको अनलाइन प्रणालीमा जोडिएका अस्पतालमा भर्ना भइ उपचार गराउँदा एक लाखभन्दा बढी १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत रकम कोषबाट अस्पताललाई भुक्तानी हुने पनि कार्यविधिमा व्यवस्था गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro