site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान वितरण सुरु

काठमाडौं । जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीहरूलाई स्थायी आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता वितरण प्रारम्भ भएको छ । विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–२ बाट अनुदान वितरण कार्य सुरु भएको हो ।

मंगलबार चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनर्निर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये बुधबार चौरजहारी नगरपालिका–२ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नं २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गरे ।

अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई ५० हजार रुपैयाँका दरले पहिलो किस्ता भुक्तानी समेत भएको छ ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ अनुसार लाभग्राहीले अनुदान रकम बैंक खातामार्फत् प्राप्त गर्नेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro