site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्वाइज युनियन र टुसालले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब र टुसाल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।

पहिलो हाफको इन्जुरी समयमा टुसालका कप्तान अभिषेक श्रेष्ठले प्राप्त फ्रिकिक अवसरमा गोल गर्न सकेनन् । उनको फ्रिकिक प्रहार पोस्टमाथिबाट हुइकियो ।

५८औँ मिनेटमा ब्वाइज युनियनका जनक कोइरालाले पेनाल्टी बक्सभित्र प्राप्त सुनौलो अवसरमा गोल गर्न चुके । दोर्जे तामाङले लेफ्ट साइटबाट निकालेको क्रसमा हेडर गरे पनि बारमा लागेर फर्कियो ।

७१औँ मिनेटमा टुसालका ईश्वरकुमार चौधरीले गोल गर्ने सुनौलो अवसर गुमाए । ईश्वरकुमार चौधरीले विनोद नेमवाङको पासमा १८ यार्ड बक्स नजिकबाट गरेको प्रहार केही पोस्टको केही इन्च पर रहन पुग्यो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro