site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निटफेस्ट आजबाट सुरु हुँदै, यी हुन् तेस्रो संस्करणको आकर्षण

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) आजबाट सुरु हुँदै छ । महोत्सवमा हुने अन्तरक्रियाहरूको तालिका सार्वजनिक भएको छ । 

सार्वजनिक तालिकाअनुसार एक हप्तासम्म चल्ने महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, सञ्चारमाध्यम, नीति, राजनीतिलगायत विविध विषयमा छलफल हुनेछ ।

मण्डला थिएटर, थापागाउँमा आयोजना हुने महोत्सवको दोस्रो दिन बिहीबार हुने एउटा अन्तरक्रिया रैथाने ज्ञानको उज्यालो शीर्षकमा हुनेछ । 

शुक्रबार नेपाली रंगमञ्च र सिनेमाको मितेरीपथबारे सेसन चल्नेछ । सेसनमा निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्मा हुनेछन् । 

शनिबारको छलफलमा मिडियामा रंगमञ्चका विषयले पाउने महत्व र त्यसको प्रस्तुतिकरणबारे रंगमञ्च र मिडियाका अभ्यासकर्ताहरूबीच भलाकुसारी हुनेछ । 

मिडियाको आँगनमा रंगमञ्च शीर्षकमा पनि छलफल हुनेछ । आइतबार हुने राजनीतिमा कलानीति शीर्षक महोत्सवको अर्को महत्वपूर्ण सत्र हो । यसमा पूर्वसंस्कृतिमन्त्री सुदन किराँती, युवा नेता रामकुमारी झाक्री र ठाकुर गैरेले आफ्नो धारणा राख्नेछन् । 

महोत्सवकै आकर्षण मानिएको अर्को सेसन छ, सिमली छायामा बसी । सोमबारको यो सेसनमा दुई फरक पुस्ताका प्रतिभाशाली कलाकार हरिवंश आचार्य र विजय बरालबीच संवाद हुनेछ ।

महोत्सवको अन्तिम सत्र गाउँगाउँमा सिंहदरबार, ठाउँठाउँमा थिएटर रहेको । देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मेयरहरुबीच हुने यो अन्तरक्रिया संघीयताको सन्दर्भमा रंगमञ्चको विस्तारका प्रयास र सम्भावना बुझ्न सहयोगी हुने आयोजको दाबी छ ।

महोत्सवमा भिक्षु आनन्दको प्रवचन पनि रहनेछ । 

महोत्सव निर्देशक तथा अभिनेता दयाहाङ राईले तेस्रो संस्करणमा महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी हुने बताए । नेपाली कलाप्रेमीहरूले ती कलाकारबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै कुरा सिक्नसक्ने उनले बताए । 

यसपटक चार सहरमा हुने निटफेस्ट काठमाडौंको मण्डला थिएटर सँगसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदै छ । 

कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायत गतिविधिसमेत समेटिने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुनेछन् । निटफेस्ट चैत १२ सम्म चल्नेछ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro