site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट फर्किए पृथ्वी 

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् ।

भारतीय समयअनुसार बिहान ३ :२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो ।

जब उनीहरू दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । जमिनमा आइपुग्न १७ घण्टा लागेको बताइएको छ । 

अन्तरिक्षयान द्रूत गतिमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्यो, त्यसपछि चार प्यारासुटहरू खुले र उनीहरूलाई फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको प्रशंसा गरे । 

सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् । बीबीसी
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro