site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आए

विराटनगर । मोरङमा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । धनपालथान गाउँपालिकामा मंगलबार दिउँसोदेखि भएको आगलागीमा परी बालिकाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङले जलेको अवस्थामा धनपाल–६ का अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको बताएको छ । 

आगलागीमा परी टोलका ९ वटा घर जलेर खरानी भएका छन् । आगलागीमा परी दुईजना बालबालिका बेपत्ता भएको स्थानीयले प्रहरीलाई बताए । 

आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्सद अली भने सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro