site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनी टिमबाट बाहिरिएपछि मेसीले भने– समर्थकको रूपमा टिमलाई समर्थन रहनेछ
फाइल तस्बिर ।

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले मैदान बाहिरबाट एक समर्थकको रूपमा टोलीलाई आफ्नो साथ रहने बताएका छन् ।

अर्जेन्टिनाले फिफा मार्च विन्डोमा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिलविरुद्ध खेल्ने तालिका छ । तर, चोटका कारण मेसी सोमबार यी खेलका निम्ति घोषणा भएको टिममा अटाउन सकेनन् ।

आफू टिमबाट बाहिर रहेपछि मेसीले राष्ट्रिय टिमबाट खेल्ने चाहना रहे पनि चोटका कारण केही समय आराम गर्नुपर्ने भएको बताएका हुन् ।

“अर्जेन्टिनाबाट उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउनु पर्दा म निराश छु । म राष्ट्रिय टिमबाट खेल्न चाहन्थे । तर, सानो चोटको अर्थ मैले केही समय आराम गर्न आवश्यक छ । त्यसैकारण म राष्ट्रिय टिममा रहन सक्दिनँ । म यहाँबाट एक समर्थकको रूपमा आफ्नो टिमलाई समर्थन गर्नेछु,” मेसीले भने ।

अर्जेन्टिनाले मार्च २१ मा उरुग्वे र मार्च २५ मा ब्राजिलविरुद्ध खेल्ने तालिका छ । विश्वकपको दक्षिण अमेरिकी छनोटको अंक तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ । छनोटमा १२ खेल खेल्दा अर्जेन्टिनाले आठ जित, एक बराबरी र तीन हारसहित २५ अंक जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro