site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समिति बैठक लगातार नराखिएकामा आपत्ति, सदस्य र सभापतिबीच सवाल–जवाफ 
तस्बिर : रासस ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक लगातार नराखिएको भन्दै सदस्यले आपत्ति जनाएका छन् । सिंहदरबारस्थित सभाकक्षमा मंगलबार (चैत ५) बसेको बैठकमा सांसदहरूले यसबारे समिति सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।

सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठक ‘पण्डितलाई हेराएर मात्र बसेजस्तो’ भएको भन्दै कटाक्ष गरे । “लेखा समिति प्रतिनिधिसधाको शून्य समयजस्तो भएको छ । समितिको बैठक पनि पर्वजस्तै एक महिनामा बस्दै छ । पण्डितलाई हेराएर बसेजस्तो भएको छ, आमनागरिकमा निराशा छाएको छ,” उनले भने ।

उनले बैठक निरन्तर राख्न माग गरे ।

उनले धारणा राखेलगत्तै सभापति पोखरेलले एजेन्डामा मात्र केन्द्रित हुन आग्रह गरे । “फागुन ९ गतेपछि कहिले बैठक बस्नुपर्थ्यो र बोलाएन ? भन्न सक्नुहुन्छ ? त्यसपछि १५ वटा उसमितिको बैठक बसेको छ,” उनले भने ।

यादवले पोखरेलले बोल्नेबित्तिकै धारणाको खण्डन गरेको भन्दै आपत्ति जनाए । पोखरेलले आफूले खण्डन नगरेको भन्दै सहयोग गरेको जवाफ फर्काए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले यादवको भनाइमा सहमति जनाए । “रामकृष्ण माननीयले उठाएको शतप्रतिशत सही छ । उजुरीको चाङ छ, दिनकै बैठक बस्नुपर्थ्यो । तर, बसेका छैनौँ,” उनले भने ।

उनले ‘मिनि पार्लियामेन्ट’ले राम्रो भूमिका खेल्न नसकेको बताए । ट्रंकलाइन र डेडिकेटेड फिडरका विषयमा आजै निर्णय गर्न उनले माग गरे । “ट्रंकलाइन र डेडिकेटेड लाइनको निर्णय नगरेर भाग्नुभएको छ, यसको आजै निर्णय गर्नुपर्‍यो,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पनि बैठकको संख्या बढाउनुपर्नेमा जोड दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro