
काठमाडौं । फिफा विन्डो मार्चमा ब्राजिलियन फरवार्ड नेइमारसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।
मार्च विन्डोमा अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा उरुग्वे र ब्राजिलसँग खेल्ने तालिका छ । यसका निम्ति सोमबार घोषित टिममा अर्जेन्टिनी कप्तान अटाउन सकेनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इन्टर मियामीका फरवार्ड मेसीले स्वास्थ्यमा केही असहज महसुस गरिरहेकाले मुख्य प्रशिक्षक लियोनल स्कालोनीले टिममा नराखेका हुन् ।
नेइमारले पनि यसअघि चोटका कारण आफू राष्ट्रिय टिमको जिम्मेवारीमा फर्कन नसक्ने जनाएका थिए ।
अर्जेन्टिनाले मार्च २१ मा उरुग्वे र मार्च २५ मा ब्राजिलविरुद्ध खेल्ने तालिका छ ।
अर्जेन्टिनाको टिम–
गोलकिपर : इमिलियानो मार्टिनेज, गेरोनिमो रुली र वाल्टर बेनिटेज
रक्षक : न्याहुल मोलिना, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लियोनाद्रो बालेर्दी, हुआन फोयथ, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना र निकोलस ट्याग्लियाफिगो
मिडफिल्डर : लियान्ड्रो पाराडेज, एन्जो फर्नान्डेज, रोड्रिगो डि पाउल, एक्जेक्युअल पालासिओस, एलेक्सिस म्याक एलिस्टर र माक्सिमो पेरोन
फरवार्ड : जुलियानो सिमोन, बेन्जामिन डोमिनग्वेज, थिएगो अल्माडा, निकोलस गोन्जालेज, निको पाज, हुलियन आल्भारेज, लौटारो मार्टिनेज, सान्टियागो कास्ट्रो र एन्जल कोरिया ।