देश

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले मानव अधिकारका दृष्टिकोणले स्ववियु निर्वाचनको अनुगमन गर्न लागेको हो ।
अनुगमनका लागि आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट टोली गठन गरिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा भोलि (चैत ५ गते) स्ववियु निर्वाचन हुँदै छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १५:३७
प्रतिक्रिया दिनुहोस्