site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार फेरिने कुनै सम्भावना छैन : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बर्तौलाले राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । 

उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा कुनै बैठक नभएको दाबी गरे । सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । 

"अहिलेको सरकार नै राष्ट्रिय सरकार हो । कोही राजनीतिक दललाई सरकारका आए हुन्थ्यो भन्ने पनि हुन सक्छ । कोही आउन चाहानुहुन्छ भने छलफल हुन सक्छ । तर, नेपाली कांग्रेस र एमालेको तर्फबाट अरू पार्टीलाई पनि सरकारमा ल्याउनका लागि छलफल चलाएका छैनन्," उनले भने ।

बर्तौलाले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने पनि बताए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro