site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजा ज्ञानेन्द्रलाई सिटौलाले भने– गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तन पक्षधर सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला भएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूको दृढता नदेखिएको टिप्पणी गरे ।

“राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ । त्यसमा परिवर्तनकारी राजनीतिक दलको जुन किसिमको दृढता हुनुपर्ने हो, त्यो देखिरहेको छैन,” उनले परिवर्तन पक्षधरलाई एक हुन आग्रह गर्दै भने । 

उनले नयाँ संविधान जारी भएको लामो समयपछि शाहले ‘मै केही गर्छु’ भनेर गाडीमा ताली खाँदै हिँड्नु शोभयनीय नभएको बताए । “म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको, करिब एक घण्टा । उहाँलाई बडो सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौँ । सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,” सिटौलाले भने, “अहिले आएर मै केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ।”

उनले पूर्वराजा ज्ञानेन्द्रले आफूहरूले दिएकै सम्मान ग्रहण गर्नु उचित हुने बताए । नभए राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्नेमा उनले जोड दिए ।

“होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ,” उनले भने । 

उनले तत्कालीन राजा वीरेन्द्रको वंशनासको घटनाबारे भने त्यति बेलाको प्रशासन नै जानकार रहने बताए । “राजाको परिवारको वंशनासको घटना त्यस बेलाको दरबार प्रशासनले जान्ने कुरा भयो । त्यस बेलाको दरबारका सदस्यले जान्ने कुुरा भयो,” उनले भने, “त्यस बेलाको सरकार उत्तरदायी हुन सकेन, कानुनी जिम्मेवार थिएन ।”

सिटौलाले संविधानको मौलिक पक्षको वास्तविक कार्यान्वयन भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको बताए । 

उनले संघीयता, समावेशी लोकतन्त्रको पनि समीक्षा गर्नुपर्ने धारणा राखे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro