site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– सरकारले नै यौन व्यवसाय चलाउने दिन आउन लागेको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले नेपालमा यौन व्यवसाय सरकारले नै चलाउने दिन आउन लागेको हो ? भन्दै प्रश्न गरेका छन् । सोमबार (चैत ४) प्रतिनिधिसभा बैठकमा उनले अघिल्लो दिन (आइतबार) नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राखेको प्रस्तावप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

“देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले,” उनले भने, “यो व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आउन लागेको त होइन ?”

उनले नेपाल देवभूमि भएको पनि बताए । “यो देश देवभूमि हो, माता सीता र भृकुटीको हो । यो देवी पूजनको भूमि हो । यो देश बुद्ध जन्मेको भूमि हो । यही दिनका लागि गणतन्त्र ल्याएको हो ? यही दिनका लागि राजा फ्याँकेको हो ?,” उनले प्रश्न गरे ।

आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा घिमिरेले पर्यटक भित्र्याउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro