site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचवटा प्रदेशमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने 
फाइल तस्बिर ।  

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ । 

“सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडासैनीले बाह्रखरीसँग भने ।

काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना छैन । सामान्य बदली रहे पनि काठमाडौंमा आज वर्षा नहुने उनले जानकारी दिए । 

देशका केही भूभागमा आज हावाहुरीको पनि सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले भने । 

“कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,” मौसमविद् पुडासैनीले भने, “अपराह्नपछि यी प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ ।” 
 
हिजो पनि पूर्वी नेपालको सोलुखुम्बुलगायत केही जिल्लामा हावाहुरीको चलेको थियो । हावाहुरी चल्दा हवाई सेवा प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro