site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गभर्नर अधिकारी चैत ५ गतेदेखि ‘अनिवार्य बिदा’मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चैत ५ गतेदेखि अनिवार्य बिदा ‘फोर्स लिभ’मा बस्ने भएका छन् । आफ्नो कार्यकाल समाप्त हुनुअगावै उनी १० दिनका लागि फोर्स लिभमा बस्न लागेका हुन् । अधिकारी चैत ५ देखि १५ गतेसम्म अनिवार्य बिदामा बस्न लागेका हुन् ।

गभर्नर अधिकारी कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेको सहायक प्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले बताए ।

“गभर्नरसाब राष्ट्र बैंक बोर्डबाट पास भएको कर्मचारीहरूले पाउने अनिवार्य १० दिन बिदा बस्न लाग्नुभएको हो,” पोखरेलले बाह्रखरीसित भने, “उहाँ चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्न लाग्नु भएको छ । चैत १५ देखि २२ गतेसम्म उहाँ हाजिर हुनुहुन्छ । २२ गते उहाँ राष्ट्र बैंकबाट बिदा हुँदै हुनुहुन्छ ।”

चैत २४ गते आइतबार रामनवमी परेको हुँदा शुक्रबार नै अधिकारीको बिदाइ हुने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro