site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुल्यो, प्रारम्भिक छलफल सुरु भइसक्यो : दाहाल 

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् । 

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् । 

यसका निम्ति प्रारम्भिक छलफलसमेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे । 

सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सहकार्य हुने धारणा राखे । उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro