site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रिमियर लिगमा हाल्यान्डको कीर्तिमान, सिटी रोकियो

काठमाडौं । नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डले कीर्तिमान बनाए पनि इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा हाल्यान्ड र ओमार मार्मोउसले गोल गरे । पाहुना टिमका पर्भिस इस्टुपिनानले गोल गर्दा ब्राइटनले अर्को गोल भने आत्मघाति उपहार पाएको थियो ।

खेलको ११औँ मिनेटमा हाल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रतामा राखेका थिए । यो गोलसँगै हाल्यान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोलमा योगदान पुर्‍याउने खेलाडी बने । 

हाल्यान्डले यो कीर्तिमान ९४ खेलमै बनाएका हुन् । यसअघि यो कीर्तिमान एल सेररको नाममा थियो । उनले १०० खेलमा १०० गोलमा योगदान पूर्याउने खेलाडीको कीर्तिमान राखेका थिए ।

हाल्यान्डको दिलाएको यो अग्रता लामो समय टिक्न सकेन । २१औँ मिनेटमा इस्टुपिनानले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । ३९औँ मिनेटमा मार्मोउसले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रतामा राखेका थिए । तर, ४८औँ मिनेटमा सिटीका अब्दुकोदिर खुसानोभबाट आत्मघाति गोल भएपछि ब्राइटन पुनः खेलमा फर्किएको हो ।

ब्राइटनसँग बराबरीमा रोकिँदा सिटीको शीर्ष चार सम्भावनामा धक्का लागेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको सिटीले २९ खेलबाट ४८ अंक जोडेको छ । जुन एक खेल कम खेल्दै चौथो स्थानमा रहेको चेल्सीको भन्दा एक अंक कम हो ।

तालिकाको सातौँ स्थानमा रहेको ब्राइटनले भने २९ खेलबाट ४७ अंक जोडेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro