site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको सीईओका निम्ति ‘सर्टलिस्ट’ प्रकाशित, बुधबार अन्तर्वार्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले नेप्सेको सीईओका निम्ति पाँचजना सर्टलिस्ट प्रकाशित गरेको छ । 

जसअनुसार चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका छन् । 

समितिले प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ । आवेदकहरूलाई नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाणहरू लिई उपस्थित हुन समितिले भनेको छ । 

सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता चैत ६ गते अर्थात् आगामी बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने समितिले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro