site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौतेनी आमामाथि छोरालाई २० वर्ष बन्धक बनाएको आरोप

काठमाडौं । अमेरिकाको कनेक्टिकटमा एक व्यक्तिलाई उनकी सौतेनी आमाले २० वर्षसम्म बन्धक बनाएको आरोप लागेको छ । 

सानो कोठामा २० वर्षसम्म थुनेर राखेको बताइएको छ । अधिकारीहरूले ती व्यक्तिलाई राखिएको सानो कोठामा आगो लागेपछि नियन्त्रणमा लिएर त्यहाँबाट ३२ वर्षीय पुरुषलाई उद्धार गरे । बन्धकलाई उद्धार गर्दा उनको तौल ३० किलोग्राम थियो । उनी निकै कमजोर थिए । 

कनेक्टिकटको वाटरबरीस्थित प्रहरीले ती व्यक्तिले वर्षौंदेखि दुर्व्यवहार, भोकमरी र अमानवीय व्यवहार सहेपछि कोठामा आगो लगाएको स्वीकार गरेको बताएको छ ।

उनकी सौतेनी आमामाथि उनलाई बन्दी बनाएको र भोकै राखेको आरोप छ । उनलाई अपहरणको आरोप लगाइएको छ ।

यद्यपि, सौतेनी आमाले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् ।

आगो लगाउनुको कारणबारे बन्दीले प्रहरीलाई आफूले आफ्नो स्वतन्त्रता चाहेको बताएका छन् । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro