site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२४–२५ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम–१६ का चार खेलको नतिजा निस्किएसँगै क्वार्टरफाइनल पुग्ने आठ टिमको टुंगो लागेको हो ।

अन्तिम–१६ बाट स्पेनका दुई क्लब बार्सिलोना र रियाल मड्रिडले अन्तिम–८ मा स्थान बनाएका छन् । यस्तै, जर्मनीका दुई क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड, इंग्ल्यान्डबाट पनि दुई क्लब आर्सनल र एस्टोन भिल्लाले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

अन्तिम–८ यात्रा तय गर्ने अन्य दुई टिममा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालीका इन्टर मिलान छन् ।

प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन अब साविक विजेता रियाल मड्रिडले आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, बार्सिलोनाले बोरुसिया डर्टमन्डसँग खेल्दा पीएसजीले एस्टन भिल्ला र बायर्न म्युनिखले इन्टर मिलानसँग खेल्ने तय भएको छ ।

प्रतियोगिताको क्वार्टरफाइनल खेलहरु अप्रिल ९ देखि सुरु हुने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro