site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरस्वतीको साँघुरो जित, ब्वाइज युनियन र नयाँ बस्तीले खेले बराबरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । बी डिभिजन लिगमा सरस्वती क्लबले सुखद् सुरुवात गरेको छ । बुधबार एन्फा कम्पलेक्समा सम्पन्न दोस्रो खेलमा बाँसबारीविरुद्ध २–१ को जित निकाल्दै सरस्वतीले सुखद् सुरुवात गरेको हो ।

खेलको पहिला हाफमा नै सरस्वतीले अग्रता लिएको थियो । पहिलो हाफको ३३औँ मिनेटमा सरस्वतीका सविनकुमार लुंगेली मगरले टिमलाई अग्रता दिलाए । कप्तान शक्ति राईको पासमा गोलकिपर अघि बढेको अवस्थामा चिप प्रहार गरी सविनले गोल गरे ।

५०औँ मिनेटमा सरस्वतीका धीरेन्द्रबहादुर शाहले अग्रतालाई दोब्बर बनाइदिए । उनले १८ यार्ड बक्सभित्र बाँसबारीका गोलकिपर रोशन कार्कीले गल्ती गरेपछि त्यसको फाइदा उठाउँदै गोल गरे ।

इन्जुरी टाइममा बाँसबारीका बिक्की राईले टिमका लागि गोल गरे । तर, उनको गोल बाँसबारीका निम्ति खेलमा फर्कन पर्याप्त बन्न सकेन । जितसँगै सरस्वतीले पहिलो खेलमा नै ३ अंक हासिल गरेको छ ।

बुधबार नै भएको पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro