site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिभरपुलले कहिले सुनिश्चित गर्ला प्रिमियर लिग उपाधि ?

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलको उपाधि यात्रा अहिले नै लगभग सुनिश्चित बनिसकेको छ । प्रिमियर लिगमा लिभरपुलले प्रतियोगिताको अन्तिम नौ खेल बाँकी रहँदा शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । सन् १८८८–१८८९ को दशकयता इंग्ल्यान्डको कुनै पनि टिमले यति अग्रता राखेर उपाधि नजितेको इतिहास छैन ।

जारी सिजन लिभरपुलले प्रिमियर लिगअन्तर्गतका खेलमध्ये एक खेलमा मात्र पराजय बेहोरेको छ । लिभरपुलले शनिबार भएको खेलमा साउथह्याम्पटनविरुद्ध ३–१ को जित निकाल्यो । त्यसको अर्को दिन तालिकाको दोस्रो स्थानमा आसीन आर्सनलले म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेल्दा लिभरपुलको उपाधि यात्रा झनै मजबुत बनेको छ ।

आर्सनलका पूर्वमिडफिल्डर पाउल मेरसनले थपे, “म अहिले के भन्न चाहन्छु भने आर्सनल शीर्ष चारमा पुग्न केन्द्रित हुनुपर्छ । लिभरपुर धेरै पर पुगिसकेको छ । उनीहरूले एउटममात्र खेल हारेका छन् । प्रिमियर लिगको उपाधि यात्रा दौड समाप्त भइसकेको जस्तै छ ।”

अंक तालिकामा आर्सनलसँग चार अंकको दुरीसहित नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । त्यसको दुई अंकपछि चौथो स्थानमा चेल्सी छ । लगातार चार पटकसम्मको लिग विजेता म्यानचेस्टर सिटी नटिङ्घमसँग १–० ले पराजित भएपछि तालिकाको पाँचौँ स्थानमा झरेको छ । 

Liverpun-(3)-1741695665.jpg
कुन दिन उचाल्नेछ लिभरपुलले उपाधि ?
एनफिल्ड क्लब लगभग प्रिमियर लिगको विजेता बनिसक्यो । अब मात्रै उनीहरूले कहिले उपाधि उचाल्नेछन् भन्नेमात्र हेर्न बाँकी छ ।

तथ्यांक निकाल्ने ओप्टाका अनुसार, लिभरपुलको उपाधि जित्ने सम्भावना ९९.६६ प्रतिशत छ । शीर्ष स्थानबाट १५ अंक पछि रहेको आर्सनलको सम्भावना ०.३४ प्रतिशत छ । लिभरपुलले उपाधि सुरक्षित बनाउन अब बाँकी २७ अंकमध्ये १६ अंक बटुलेमात्रै पनि पर्याप्त बन्नेछ । अहिलेको स्थितिमा आर्सनलले बाँकी सबै खेलमा जित निकाले पनि कुल ८५ अंकमात्र जोड्न सक्नेछ । 

कीर्तिमानतर्फ बढ्दै लिभरपुल
प्रिमियर लिगमा सन् २०१९–२० को सिजन लिभरपुलले सात खेल बाँकी छँदै उपाधि सुनिश्चित गरेको थियो । यस सिजन त्यही स्थिति दोहोर्‍यनउन लिभरपुललाई सबै खेल आफ्नो समीकरणअनुसार बन्न आवश्यक छ ।  

त्यसअघि म्यानचेस्टर युनाइटेड (२०००–०१ सिजन) र म्यानचेस्टर  सिटी (२०१७–१८ सिजन)ले पाँच खेल बाँकी हुँदै प्रिमियर लिग पक्का गरेका थिए । यो कीर्तिमानसँग बराबरी गर्न सक्नु पनि लिभरपुलका निम्ति उपलब्धिमुलक बन्ने छ । यस्तै, युनाइटेडले नै ( १९९९–२००० र २०१२–१३) र आर्सनल (२००३–२००४ सिजन)ले चार खेल बाँकी छँदै प्रिमियर लिग सुनिश्चित गरेका थिए । 

Liverpun-(2)-1741695665.jpg
 

प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेडले सिजनको सबैभन्दा छिटो अप्रिल १४ मा उपाधि सुनिश्चित गरेको थियो । उपाधि जितेको सबै भन्दा पहिला मिति १४ अप्रिल २००१ हो जुन युनाइटेडले जितेको थियो । युनाइटेडको यो कीर्तिमान भंग गर्न लिभरपुललाई बाँकी खेलमा जित निकाल्दै आर्सनलसँगको अंक दुरी अझ बढाउनुपर्ने दबाब छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro