site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्किल नभएकाले राम्रो काम नपाउने समस्या छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पक्षमा संविधान संशोधन गर्दै जानुपर्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई रक्षा गर्नुपर्ने र कमजोरी भए सुधार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

मंगलबार (फागुन २७) कोसी प्रदेशसभा बैठकमा विशेष सम्बोधनका क्रममा उनले जनताको वृत्तिविकासमा लोकतन्त्र जोड्नुपर्ने बताए । “देशलाई पछाडि होइन, अगाडि बढाउनुपर्छ,” उनले भने ।

श्रमक्षेत्रमा श्रमिकको अभाव रहेको व्यवसायीले सुनाउने गरेको भन्दै उनले मानिस बाहिर गइरहेका दृष्टान्त सुनाए । “स्किल नभएकाले राम्रो काम नपाउने समस्या छ,” उनले भने, “प्रविधिसँगको पहिचान गर्दै दक्ष भए यहीँ सम्भावना छन् ।”

जनसंख्या वृद्धिसँगै खेतीयोग्य जमिन मासिँदै गएको उनले बताए । परिवार बढ्दै जाँदा उपलब्ध जमिन टुक्रँदा त्यसको उत्पादनले नपुग्ने र मानिस बाहिर जाने गरेको उनले उल्लेख गरे ।

“पछाडि परेको नेपाललाई अघि बढाउनुपरेको छ,” भने, “सन् २०३० सम्म दिगो विकास हुने लक्ष्य पूरा हुने देखिँदैन । तर, अघिल्लो वर्ष मूल्यांकन गर्दा हामीले ४८ प्रतिशत काम अघि बढाएका रहेछौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro