site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजा फर्काउने हर्कत मृगतृष्णामात्रै : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउने चाहना मृगतृष्णामात्रै भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले राजा फर्कन सम्भव नभएको बताए ।

“पूर्वराजाले फेरि राजा बन्ने चाहना व्यक्त गरेका छन् । सडकमा विभिन्न हिसाबले यस्ता गतिविधि देखा परेका छन्,” उनले भने, “जुन प्रकारको हर्कत देखिएको छ । मृगतृष्णामात्रै हो, सम्भव हुन सक्दैन ।”

उनले बहुदलवादीले सहमति उल्लंघन नगरेको र विगतमा पनि राजाले नै उल्लंघन गर्ने गरेको बताए । उनले जनालाई रैती बनाउने सपना नदेख्न पनि चेतावनी दिए ।

राजा फर्काउने प्रयत्न 'धमिलो पानीमा माछा मार्न खोज्नु'मात्रै भएको पनि बताए । 

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनले जनतामा पैदा भएको निराशा यही सरकारका कारण भनेकामा आपत्ति जनाए ।

“गणतन्त्रपछि उहाँहरू धेरैपटक सरकारमा हुनुहुन्छ । यदि राम्रा काम भएका छन् भने जस पनि लिनुपर्छ । अब जस पनि लिनुपर्छ,” उनले भने ।

प्रचण्डको अभिव्यक्ति र व्यवहारले नै गणतन्त्र विरोधीलाई प्रश्रय बढेको त छैन भन्ने आशंका पनि व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro