देश

अछाम । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका–९, ओलीगाउँको रातोमाटेमा सोमबार दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका–८, सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ । रासस
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ २०:३४
प्रतिक्रिया दिनुहोस्