
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो 'डेटा सेन्टर' दर्ता गर्न निवेदन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रविधि विभागमा सूचीकृत हुन एनसेलले निवेदन दिएको हो ।
सञ्चार मन्त्रालयले गत माघ १५ गते डेटा सेन्टर तथा क्लाउड सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो । त्यसअनुसार, हाल सञ्चालनमा रहेका डेटा सेन्टर एवं क्लाउड सेवा प्रदायक ६ महिनाभित्र विभागमा सूचीकृत हुनुपर्छ । सोहीअनुसार सूचीकृत हुन आउने पहिलो सेवा प्रदायक एनसेल बनेको हो ।
सूचना प्रविधिको प्रयोगमार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डेटाहरूको सुरक्षित तथा गोपनीय तवरले देशभित्र भण्डारण गर्न प्रोत्साहित गर्न निर्देशिका ल्याइएको विभागले जनाएको छ ।