site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजा फर्कंदा काठमाडौंमा आज यी सडकमा हुनसक्छ सवारी जाम
फाइल तस्बिर ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कंदा आइतबार (फागुन २५) यहाँका विभिन्न सडकमा सवारी जाम हुने सम्भावना छ । राजावादीले गर्ने प्रदर्शनका कारण सवारी आवागमन असहज हुने अनुमान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वराजा शाहको स्वागतमा गरिने प्रदर्शनको असर सडकमा सवारी आवागमनमा पर्ने ट्राफिक प्रहरी प्रवक्ता एवं एसपी सञ्जयबहादुर राउतले बताए ।

एसपी राउतका अनुसार, सिनामंगल, जडीबुटी, कोटेश्वर, गौशाला, मित्रपार्क, बानेश्वर माइतीघर, महाराजगन्ज, थापाथली, त्रिपुरेश्वर, केशरमहल, लैनचौर, एकान्तकुना, सोह्रखुट्टे र नारायणगोपालचोक हुँदै चल्ने रुटमा सवारी जाम हुन सक्नेछ ।

“आज भीआईपी सवारी हुँदै छ । पूर्वराजाको स्वागतमा कति मान्छे उत्रिन्छन् भन्ने कुरामा भर पर्छ । पूर्वराजाको सवारी हुने रुटमा सवारी डाइभर्सन गर्नुपर्ने हुनसक्छ,” उनले बाह्रखरीसित भने, “यसका लागि करिब ४०० ट्राफिक परिचालन गरिएको छ ।”

यसबाहेक अरू सडकमा पनि सवारी आवागमन असहज हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

पूर्वराजाको स्वागतमा राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दलले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शनको तयारी गरेका छन् ।

पूर्वराजा शाह आइतबार दिउँसो हवाईमार्ग हुँदै काठमाडौं फर्कंदै छन् । त्रिभुवन विमानस्थलबाट उनी महाराजगन्जस्थित निर्मलनिवास जानेछन् । प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि काठमाडौंको सुरक्षा संयन्त्र ‘हाइअलर्ट’मा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro