site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब बन्ने ऐन प्रहरीमैत्री हुन आवश्यक : रामहरि खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन गरेको छ । शुक्रबार समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरूले प्रधान कार्यालयको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा सभापति खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका अत्यन्तै सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

प्रहरीको नयाँ बन्ने ऐनका विषयमा राज्यव्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने सहयोगको लागि तयार रहेको भन्दै प्रहरीमैत्री बनाउन छलफल गरेर अगाडि बढाउने आश्वासन दिए । खतिवडासहित सदस्यलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले स्वागत गरेका थिए । निरीक्षण भ्रमणका क्रममा प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय र डाटा सेन्टरको निरीक्षण गरेका थिए ।

महानिरीक्षक कुँवरले निरीक्षण भ्रमणका लागि समितिलाई धन्यवाद गर्दै नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारबाही र उत्तरदायित्वप्रति निष्ठावान रही कार्यसम्पादन गर्दै आएको बताए  ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro