site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको २८ लाख ९० हजारसहित कपिलवस्तुबाट चारजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नेपाली रुपैयाँ १४ लाख ५० हजार र नौ लाख भारुसहित चारजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा बिहीबार (फागुन २२) अवैध रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख एवं एसपी निरञ्जन भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका गोविन्द विक र सोमनाथ कसौधन, रुपन्देहीको बुटवल उपमहानगरपालिकाका वसन्त खरेल र कपिलवस्तु नगरपालिकाका शेषनारायण गिरी छन् । बाणगंगा नगरपालिका–४, जितपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro