site stats
बाह्रखरी :: Baahrakhari
खेल
२०३० को विश्वकपमा ६४ राष्ट्र पुर्‍याउने प्रस्तावमा फिफाले विचार गर्ने 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपमा ६४ राष्ट्र पुर्‍याउने प्रस्तावमा विचार गर्ने जनाएको छ । 

२०३० को फिफा विश्वकप कुल ६ देशमा आयोजना हुँदै छ । आयोजक राष्ट्रमा मोरोक्को, स्पेन, पोर्चुगलसँगै अर्जेन्टिना, पराग्वे र उरुग्वे छन् ।

Argakhachi Cement Island Ad

विश्वकपको आउँदो संस्करणका निम्ति फिफाले यसअघि नै ३२ बाट ४८ टिम पुर्‍याइसकेको छ । २०२६ को विश्वकप आयोजना अधिकार अमेरिका, मेक्सिको र क्यानडाले पाएका छन् ।

“२०३० मा फिफा विश्वकपको शताब्दी मनाउन ६४ टोलीको फिफा विश्वकपको विश्लेषण गर्ने प्रस्ताव फिफा काउन्सिलका सदस्यले मार्च ५, २०२५ मा भएको फिफा काउन्सिल बैठकको अन्त्यतिर ‘विविध’ एजेन्डा वस्तुमा स्वतःस्फूर्त रूपमा उठाएका थिए,” फिफाका प्रवक्ताले रोयटर्सलाई भनेका छन्, “फिफाको सदस्यहरूमध्ये एकबाट आएको कुनै पनि प्रस्तावको विश्लेषण गर्ने कर्तव्य भएकोले यो विचारलाई स्वीकार गरिएको थियो ।”

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्