site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले फागुन २७ गते कोसी प्रदेशसभामा सम्बोधन गर्ने

विराटनगर । कोसी प्रदेश सरकारले कडा रोग लागेका बिरामीको उपचारका निम्ति आठ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने भएको छ । शुक्रबार (फागुन २३) बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो ।

कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री  रेवतीरमण भण्डारीले अर्कोपटकदेखि फरक नीति बनाएर सहयोगबारे निर्णय लिइने बताए ।

यस्तै, यही फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्ने सम्बोधनको तयारी थाल्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

प्रदेशमा सरुवा भई आएका सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालय र सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा खटाउने निर्णय गरिएको छ ।

धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनीसम्बन्ध कायम गर्न परामर्श दिने निर्णय पनि गरिएको छ ।

कोसी पर्यटन वर्षका निम्ति विनियोजित रकमको स्रोतगत बाँडफाँट गर्ने बैठकबाट निर्णय गरिएको उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro